FAQs Complain Problems

ग्यालरी

राष्ट्रिय पुन निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको सहयोगमा र  यस पुतलीबजार नगरपालिको मुख्य आयोजनामा मिति २०७४/०७/३० देखि २०७४/०८/०६ सम्म पुतलीबजार नगरपालिकाका ३० जना डकर्मीहरुको लागी भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी कालीगणहरुको सात दिने तालिम कार्यक्रम संचालन भैरहेको छ | पुतलीबजार नगरपालिका भित्र अब निर्माण हुने भवन भूकम्प प्रतिरोधी बनाउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ |

, , , , , , , , ,

पुतलीबजार नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरु संग अन्तरक्रिया कार्यक्रम आज मिति २०७४/०७/२६ गते नगरपालिका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको छ  | उक्त कार्यक्रममा यस नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका प्र.अ. हरुको उपस्थिति रहयो | उक्त कार्यक्रममा यस  नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक स्तरोन्नति कसरि गर्न  सकिन्छ भन्ने बिषयमा बिशेष छलफल भएको छ | उक्त कार्यक्रममा उठेका महत्वपूर्ण  बिषय तथा सुझाबहरु क्रमशः कार्यन्वयन गरिदै लगिने नीति यस नगरपालिकाले लिएको छ |

यस  पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्री ज्यु साथमा जिल्ला समन्वय समितिका प्रमुख सिता सुन्दास उपमेयर महेश पुरी वडा अध्यक्षहरु वडा सदस्यहरु 
नेपाल प्रहरी र कर्मचारीहरु सहभागितामा मिति २०७४/०६/२९ गते नगर सरसफाइ अभियान सम्पन्न भएको छ |

, , , , , , , , , , , , ,

यस पुतलीबजार नगरपालिका द्वारा सम्बिदन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो | राजनैतिक दलका प्रतिनिधि र कर्मचारीहरु विच फूटबल प्रतियोगिता र यस नगरपालिकाका विशेष बजार क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो | यी कार्यक्रमहरु सफल बनाउदै संबिधान दिवसको सुख साटासाट गर्न सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गर्दछौं |

, , ,

यस पुतलीबजार नगरपालिकाले यहि आ.व. २०७४/०७५ देखि वडा स्तरीय योजनाहरुको भुक्तानी दिने कार्यक्रम सम्बन्धित वडा कार्यालयबाट नै संचालन गर्ने नीति लिएको छ | त्यसै अनुरुप यहि मिति २०७४ साल भाद्र २३ र २४ गतेका दिन वडा अध्यक्ष, वडा सचिव वा वडा सहायक वा वडाका खाता संचालकहरुका लागि लेखा व्यवस्थापन सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ | उक्त कार्यक्रम यस पुतलीबजार नगरपालिकाको सभाहलमा नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले उद्घाटन गर्नुभयो |

, , , , , , ,

२०७३/०७४मा सम्पन्न योजनाहरुको अनुगमन गर्दै मेयर सम कुमारी क्षेत्री, कार्यकारी  अधिकृत बासुदेव रेग्मी लगायत नगरपालिकाकाका कर्मचारीहरु

, , , , , , , , , , , ,

Pages