अपडेट
ग्यालरी
यस पुतलीबजार नगरपालिका द्वारा सम्बिदन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो | राजनैतिक दलका प्रतिनिधि र कर्मचारीहरु विच फूटबल प्रतियोगिता र यस नगरपालिकाका विशेष बजार क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो | यी कार्यक्रमहरु सफल बनाउदै संबिधान दिवसको सुख साटासाट गर्न सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गर्दछौं |
यस पुतलीबजार नगरपालिकाले यहि आ.व. २०७४/०७५ देखि वडा स्तरीय योजनाहरुको भुक्तानी दिने कार्यक्रम सम्बन्धित वडा कार्यालयबाट नै संचालन गर्ने नीति लिएको छ | त्यसै अनुरुप यहि मिति २०७४ साल भाद्र २३ र २४ गतेका दिन वडा अध्यक्ष, वडा सचिव वा वडा सहायक वा वडाका खाता संचालकहरुका लागि लेखा व्यवस्थापन सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ | उक्त कार्यक्रम यस पुतलीबजार नगरपालिकाको सभाहलमा नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले उद्घाटन गर्नुभयो |
२०७३/०७४मा सम्पन्न योजनाहरुको अनुगमन गर्दै मेयर सम कुमारी क्षेत्री, कार्यकारी अधिकृत बासुदेव रेग्मी लगायत नगरपालिकाकाका कर्मचारीहरु
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4