अपडेट
ग्यालरी
पुतलीबजार नगरपालिका वडा न. १३ अन्तर्गत पर्ने उमेश चन्द्र मार्ग कल्भर्ट ढलानको अनुगमनमा गर्दै
-प्रमुख प्रशासकीय अधिकृत श्री रुद्र बहादुर मल्ल
-योजना, अनुगमन तथा प्रसाशन अधिकृत ताराचन्द्र ढकाल
-इन्जिनियर सन्तोष थापा
-इन्जिनियर सविन श्रेष्ठ र
-स. इजिनियर रित बहादुर क्षेत्री
आयोजक स्यांग्जा अपाङ्ग समाज ,जिल्ला कार्यसमिति स्यांग्जा को आयोजना र पुतलीबजार नगरपालिकाको सहोग मा मिति २०७५/२/२५ गते शुक्रबारको दिन पुतलिबजर नगरपालिकाको सभा हलमा नगरपालिका स्तरीय अपाङ्ग संजाल गठन कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय पुन निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको सहयोगमा र यस पुतलीबजार नगरपालिको मुख्य आयोजनामा मिति २०७४/०७/३० देखि २०७४/०८/०६ सम्म पुतलीबजार नगरपालिकाका ३० जना डकर्मीहरुको लागी भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी कालीगणहरुको सात दिने तालिम कार्यक्रम संचालन भैरहेको छ | पुतलीबजार नगरपालिका भित्र अब निर्माण हुने भवन भूकम्प प्रतिरोधी बनाउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ |
पुतलीबजार नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरु संग अन्तरक्रिया कार्यक्रम आज मिति २०७४/०७/२६ गते नगरपालिका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको छ | उक्त कार्यक्रममा यस नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका प्र.अ. हरुको उपस्थिति रहयो | उक्त कार्यक्रममा यस नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक स्तरोन्नति कसरि गर्न सकिन्छ भन्ने बिषयमा बिशेष छलफल भएको छ | उक्त कार्यक्रममा उठेका महत्वपूर्ण बिषय तथा सुझाबहरु क्रमशः कार्यन्वयन गरिदै लगिने नीति यस नगरपालिकाले लिएको छ |
यस पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्री ज्यु साथमा जिल्ला समन्वय समितिका प्रमुख सिता सुन्दास उपमेयर महेश पुरी वडा अध्यक्षहरु वडा सदस्यहरु
नेपाल प्रहरी र कर्मचारीहरु सहभागितामा मिति २०७४/०६/२९ गते नगर सरसफाइ अभियान सम्पन्न भएको छ |