FAQs Complain Problems

 waste composer bin (कुहिने फोहोरबाट मल बनाउने बाल्टी ) वितरण कार्यक्रम - वडा न ३

यहि मिति २०७७ भाद्र १८  गतेका दिन पुतलीबजार नगरपालिका अन्तर्गत वडा न ३  का विभिन्न टोल निवासी महानुभावहरु को माग तथा संयुक्त लागत साझेदारितामा विभिन्न ४१  जना व्यवसायी, उद्धमी एवं साधारण नागरिक जस्को घर बाहेक यथेष्ट जग्गा जमिन नरहेको अवस्थामा रहनुभएको छ, उहाँहरु समेतलाई पुतलीबजार नगरपालिकाको अनुदान समेत संलग्न गराई waste composer bin (कुहिने फोहोरबाट मल बनाउने बाल्टी ) वितरण वडा न ३ का वडा अध्यक्ष श्री अमृत कुमार श्रेष्ठ ज्युको अध्यक्षता तथा उधम चौतारी प्रा लि स्याङ्गजा को प्राविधिक सपोर्ट  र वातावरण तथा सरसफाई शाखा प्रमुख धन प्रसाद कोइरालाको सहजीकरण एवं प्रयोगात्मक ज्ञान एवं अभ्यास समेत सम्पादन र सम्प्रेषण गरि जनही ४१ जनालाई १ / १ थान waste composer bin उपलब्ध गराइएको छ । जसबाट प्रत्यक घरमा गमलामा कौसी खेती तरकारी र अन्य फल विरुवा रोपणका लागि प्राङ्गारिक मलको व्यवस्थापन हुने, कुहिने फोहोरको डङ्गुर तथा मात्राहरु घट्ने र वातावरणीय स्वच्छता कायम भइ समुदायको सरसफाई र सवच्छतामा विशेष टेवा पुग्ने  देखिन्छ । साथै घरमा पुष्प खेती र कोसे तरकारी बारीमा खर्च हुने उपभोक्ता रकम वचत भइ आय आर्जनमा टेवा पुग्ने र प्राङ्गारिक खेती का कारण विषादीको प्रकोप समेत हट्ने विश्वास नगरपालिकाबाट लिईएको छ ।