FAQs Complain Problems

च्याउ उत्पादन ,प्रशोधन र बजारीकरणमा पुतलीबजारको जोड:

पुतलीबजार नगरपालिकाको आ. ब २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत च्याउ उत्पादन ,प्रशोधन र बजारीकरण सम्बन्धि व्यवसायीक कृषकहरुलाइ ३ दिने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम २०८०/११/१ देखि २०८०/११ /३ सम्म संचालन गरिएको छ । सबै वडालाइ प्रतिनिधित्व हुनेगरी ३२ जना कृषकहरुको उपस्थिति रहेको उक्त तालिमको समुद्घाटन तथा समापन कार्यक्रम नायब प्राबिधिक सहाय नबिन के. सी ले संचालन गर्नु भएको हो । उक्त तालिममा पहिलो दिन सैद्धान्तिक तथा दोश्रो तेस्रो दिन प्रयोगात्मक कक्षा संचालन गरिएको थियो। तालिममा प्रशिक्षकहरुमा कृषि विकास अधिकृत अस्मिता अर्याल , प्राबिधिक सहायक सुबास ढकाल , नायब प्राबिधिक सहायक नबिन के. सी रहनु भएको थियो ।तालीमको सैद्धान्तिक रुपमा च्याउको परिचय , इतिहास , महत्व ,अवसर चुनौती ,प्रशोधन , रोग किराको पहिचान, नियन्त्रण , खेती गर्दा आवश्यक पर्ने सामाग्रीहरु बारे जानकारी दिइएको थियो भने प्रयोगात्मक रुपमा नेपालमा खेती गरिने ६ प्रजातिका च्याउ मध्य व्यवसायीको खेती भएका कन्ये र सिताके ( मृगे) को खेती कसरी गर्ने भनी कन्ये च्याउका १० वटा बल , सिताके च्याउ १० मुडामा समेत बनाइएको थियो । तालिममा सहभागीलाई कन्ये च्याउ ४ किलो र सिताके च्याउ ५ किलो गरि एकजना कृषकहरुलाइ प्रति व्यक्ति ३००० हजार बराबरको बीउ बितरण गरिएको थियो । तालिम समापनमा बोल्नुहुँदै नगर प्रमुख तुलसिराम रेग्मी र नगर उपप्रमुख देबि अर्यालले तालिम तालिममा मात्र सिमित नरही व्यवसायीक रुपमा खेती गर्नुपर्ने यस्को नियमित अनुगमन गरिने र कृषकलाइ प्राबिधिक ज्ञान लगाएत अन्य जुनसुकै कुराको आवश्यकता हुदा नगरपालिका सधैं साथमा रहने बताउनु भएको थियो