FAQs Complain Problems

समृद्द पुतलीबजार सुखी नगरवासी – अन्तरक्रिया कार्यक्रम पोखारामा सम्पन्न ।

 

शनिवार मिति २०७५/०९ /०७ गते  पोखर न्यु एरा पार्टी प्यालेसमा पोखरा उपत्यकामा बिभिन्न कारणवश बस्नुभएका पुतलीबजार नगरवासीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख सिमा क्षेत्रि ज्युको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय नारायण प्रसाद मरासिनी , प्रदेश सभा सदस्य माननीय  मिन प्रसाद गुरुङ , ने क पाका केन्द्रीय सदस्य भिम कार्की , नेवि संघ पुर्व केन्द्रीय सदस्य पवन नेपाल, पुतलीबजार नगरपालिकाका उप प्रमुख श्री महेश पुरी  तथा विज्ञ टोलि हरुमा अधिवक्ता महेन्द्रमान व्यथित, डी.इ श्री ओम शर्मा, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक  डा. चन्द्र बहादुर थापा, उप प्राध्यापक अमृत भण्डारी र नेपाल सरकारका उपसचिव माधव लम्साल ज्यु लगायत पुतलीबजार नगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर मल्ल ज्यु बाट power point presentation मार्फत पुतलीबजार नगरपालिकाका वर्तमान अवस्था र भावी लक्ष्य हरुमा प्रकाश पार्नुभयो र साथै पोखरावासी हरुबाट सुझाब तथा सहयोगको लागि आव्हान गर्नु भएको थियो । सहभागीहुनु भएका मध्य करिव ३५ जनाले प्रतिनिधी मुलाक सुझाव राखिदिनु भएको थियो ।  सुझाव संकलन लगतै माननीय नारायण प्रसाद मरासिनी , माननीय मीन प्रसाद गुरुङ,  श्री भिम कार्कीले आफ्ना मन्तव्य दिनु भयो भने , वडा न १३ का वडा अधक्ष्य तथा नगर प्रवक्ता खेम नारायण अधिकारि ज्यु ले धन्यवाद ज्ञापन मन्तव्य दिनु भएको  थियो । उक्त कार्यक्रमको समापन नगर प्रमुख तथा कार्यक्रमका अधक्ष्य श्री सिमा क्षेत्रि ज्युले गर्नु भयो । पुतलीबजार नगरपालिकाका प्रशासन , योजना तथा अनुगमन अधिकृत श्री ताराचन्द्र ढकाल ज्यु ले कार्यक्रम संचालन को जिम्मा लिनु भएको थियो ।

Display In slider: 
1