पुतलीबजार नगरपालिकाले आज सार्वजनिक सुनुवाई कार्यक्रम (प्रथम चौमासिक आ व २०७२/०७३) जि.वि.स. स्याङ्जाका प्रमुख जिल्ला अधिकारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ
पुतलीबजार नगरपालिका र जिल्ला प्रहरी कार्यालय , स्याङ्जाले संयुक्त रुपमा पुतलीबजार नगरपालिका प्रांगणमा हिंसा मुक्त समाज निर्माण गर्न टेवा पुगोस भनेर एक कार्यक्रम आयोजना गरेको छ | उक्त कार्यक्रममा १३ वटैवडाका वडा नागरिक मंच संयोजकहरुको उपस्थिति रहयो|
२०७२ बैशाख १२ गते गएको भूकम्पले स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकामा पुराएको क्षति को विवरण यस प्रकार रहेको छ | यो विवरण पुतलीबजार नगरपालिकाका वडा सचिब सामाजिक परिचलक र वडा नागरिक मंचले तयार पर्नु भएको हो |
पुतलीबजार नगरपालिकामा भखरै मात्र नंया दमकल सेवाको सुचारु गरेको छ | नगरपालिकाले तिन जना फायर फाइटर नियुक्ति गरी २४ घण्टा नै सेवा प्रदान गर्ने कार्यमा खटाएको छ | कुनै आगजनी जन्य प्रकोप आइ परेमा कार्यालयमा सम्पर्क गर्न सकिने छ |
पुतलीबजार नगरपालिकाको १९ औ नगर परिषद घोषणा शभा मा आर्थिक वर्ष २०७२/०७३ का लागि पुतलीबजार नगरपालिका कार्यालयको नीति तथा कार्यक्रम मिति २०७१-०९-२२ गते घोसणा गरिएको छ |