FAQs Complain Problems

पुतलीबजार नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित

आज मिति २०७८/१२/१३ गते नगरपालिका स्तरीय खोप समन्वय समितिद्वारा  कोभिड १९ विरुद्दको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा कार्यक्रम आयोजना गरि पुतलीबजार नगरपालिकालाइ कोभिड १९ विरुद्दको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ ।यसरी पूर्ण खोप सुनिश्चित हुने पुतलीबजार नगरपालिका गण्डकी प्रदेशकै पहिलो नगरपालिका हो । पूर्णखोप नगरपालिका सुनिश्चित गर्ने कार्यविधि निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पुरा गरि यस नगरपालिका भित्र बसोबास गर्ने १२ वर्ष भन्दा माथिका सम्पूर्ण व्यक्तिहरुले कोभिड -१९ विरुद्दको पूर्ण खोप पाएको सुनिश्चित गरिएको हुँदा नगरपालिकालाई पूर्ण खोप नगरपालिका प्रमाण पत्र प्रदान गरिएको छ ।कार्यक्रमका  प्रमुख अतिथि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. श्रीराम तिवारी ज्युको हात बाट नगर प्रमुख सिमा कुमारी क्षेत्री ज्युले पूर्ण खोप सुनुश्चित प्रमाण पत्र ग्रहण गर्नुभएको थियो ।

Display In slider: 
1