समाचार
निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्बन्धी सार्वजनिक सूचना !
सार्वजनिक सूचना
(निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सम्बन्धी)
सानिमा बैंक लिमिटेड, पुतलीबजार शाखाको सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत हिमालय आँखा अस्पताल, पोखराको सहकार्यमा यस नगरपालिका क्षेत्रमा निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गरिने भएको हुँदा आँखाको समस्या भएका जुनसुकै उमेर समूहका नगरवासीहरूले यस शिविरको लाभ उठाउन सक्नुहुनेछ । यो सेवा पूर्णतः निःशुल्क रहनेछ । आफू र आफ्नो परिवारका सदस्यहरूको आँखाको स्वास्थ्य परीक्षण गराई आवश्यक उपचार सेवा प्राप्त गर्न सम्बन्धित स्थानमा उपस्थित हुन सबैलाई हार्दिक अनुरोध गरिन्छ ।
शिविरको कार्यक्रम तालिका :
- आषाढ ०७, २०८३ – निःशुल्क आँखा परीक्षण शिविर
स्थान : कालिका सामुदायिक अस्पताल, भिरकोट नगरपालिका–१, हेलु, स्याङ्जा
- आषाढ ०८, २०८३ – निःशुल्क आँखा परीक्षण शिविर
स्थान : भिरकोट बहुउद्देश्यीय क्षेत्री समाज भवन, बयरघारी, भिरकोट नगरपालिका–१, बयरघारी, स्याङ्जा
- आषाढ ०९, २०८३ – मोतिबिन्दु शल्यक्रिया शिविर
- स्थान : गढी प्राथमिक अस्पताल, वालिङ नगरपालिका–९, स्याङ्जा
