FAQs Complain Problems

समाचार

अन्तरास्ट्रिय नारि दिवसको अवसरमा भएका कार्यक्रम हरु

हिजो  मिति २०७४/११/२४ (march 8) अन्तरास्ट्रिय नारि दिवसको अवसर पारेर पुतलीबजार नगरपालिकाको प्रमुख श्री सिमा कुमारी क्षेत्री ज्यु को अध्यक्षतामा र प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख श्री सिता कुमारी सुन्दास ज्यु को उपस्थितिमा, पुतलीबजार नगरपालिकाले , महिलाहरुलाई समर्पित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्यो | “ आर्थिक सशक्तिकरण सहित को सामाजिक जागरण, ग्रामिण तथा सहरी महिलाको जीवनस्तर रुपान्तरण “ भन्ने मूल नाराका साथ महिला सहभागिता र सशक्तिकरणमा जोड दिदै महिला तथा बालबालिका कार्यालय स्याङ्जाको संयोजन र पुतलीबजार नगरपालिकाको आयोजकत्वमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भयो | तेसैगरी छोरी जन्माई छोराको आश मा ३ वा ३ भन्दा बढी सन्तान जन्माउने प्रबिर्तीलाइ निरुत्साहित गर्न र साथै छोरा छोरि बराबरभन्ने सामाजिक जागरण जगाउने मूल उद्देस्यका साथ एक वा दुइ छोरि जन्माई परिवार नियोजन गरि समाजमा उदाहारण बनेका सम्पूर्ण दम्पतिलाइ सम्मान गरियो | हिजो समपन्न भएको हाजिरी जवाफ प्रतियोगितामा विभिन्न ठाउँबाट पाल्नुभएका करिब १६ आमा समूहहरु सहभागी भई कार्यक्रमको गरिमा बढाउनु भयो | उक्त प्रतियोगितामा क्रमश .भैरव महिला समुह टोल विकास समिति, शिक्षा चोक टोल विकास समिति , र भैरव कालिका महिला वचत तथा ऋण सहकारी संस्था ले प्रथम, द्दितीय र तृतीय स्थान हासिल गर्न सफल हुनु  भएको छ | साथै छोरा अनि छोरि लाइ समान दर्जा अनि समान व्यवहार गरिनु  पर्छ भन्दै पुतलीबजारले गरेको सम्मान कार्यक्रम मा उपस्थित भई सम्मानित हुनुहुने  १ वा २ छोरि जन्माई बन्धाकरण गरेका दम्पति समाजको लागि एक उधाहरण बनेका छन् |

Published Date: 
२०७४/११/२५