FAQs Complain Problems

समाचार

चौबिसे राज्य मध्येको शक्तिशाली राज्य नुवाकोट

 

परिचय

स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं २ मा ऐतिहासिक नुवाकोट र कालाभैरव मन्दिर छ उच्च मध्य पहाडी भुभागमा अवस्थित चौबिसे राज्य मध्येको एक शक्तिशाली राज्य नुवाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । स्याङ्जाको पुरानो सदरमुकाम समेत रहेको नुवाकोट समुन्द्र सतहबाट १ हजार ९ सय मिटर को उचाइमा छ । इतिहासअनुसार पन्ध्रौँ शताब्दीको प्रारम्भतिर विसं १५१० मा मिन्चाखानले स्याङ्जा नुवाकोट राज्यको स्थापना गरेको बताइन्छ । तत्कालीन समयदेखि नै एउटा महत्त्वपूर्ण शक्ति पीठका रुपमा यहाँ स्थित कालाभैरवको पूजा अर्चना गर्दै आइएको पाइन्छ ।

 

बिशेषता

यहाँबाट माछापुछ्,रे अन्नपूर्ण , धवलागिरी, मनास्लु जस्ता हिमालको सुन्दर अवलोकन गर्न पाइन्छ । पर्यटकीयसँगै यो एक धार्मिक स्थल पनि हो । जहाँ कालाभैरब मन्दिरलाई देवदेवताहरुले पुजाको बिसर्जन गर्ने मन्दिरका रुपमा बुझिने परम्परागत विश्वास छ । किंवदन्तीअनुसार कालाभैरव आफैँ उत्पत्ति भएका हुन् ।

पहिला ढुङ्गा, माटोको ढिस्कोमा कालाभैरवको पूजा गरिने गरेको भएपनि हाल व्यवस्थित मन्दिर निर्माण गरी पूजाआजाको व्यवस्था मिलाइएको छ । यहाँ दशैको नवमी, चैते दशै बेलामा भाकल अनी पूजाका लागि आयका भक्तजनहरुको बिशेष घुईचो लाग्ने गर्दछ । यसको टुप्पोमा भैरबनाथ मन्दिर पनि रहेको छ ।

यस स्थानबाट स्याङ्जाको नयाँ सदरमुकाम र स्याङ्जाका बिभिन्न स्थानहरुको अवलोकन गर्न सकिन्छ । तत्कालीन स्याङ्जा नुवाकोट राज्यको महत्त्वपूर्ण शक्तिपीठ रहेका कारण तत्कालीन समयदेखि नै यस धार्मिक स्थलमा विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।

 

कसरी पुग्ने ?

यहाँ पोखराबाट छोरेपाटन मट्टिखाना हुँदैं पनि पुग्न सकिन्छ । स्याङ्जाको सदरमुकाम बाट बाडखोला देखि गुडीखोला हुँदैं करिब ५ कि.मी कच्ची बाटोको प्रयोग गरेर पनि पुगिन्छ । यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत कुभिण्डेबाट झण्डै ९ कि.मी उकालो चढेर पनि नुवाकोट जान सकिन्छ ।

सम्पर्क

नरकाजी गुरुङ ९८४६०४७८८०