FAQs Complain Problems

समाचार

कोल्माकोट

कालिका भगवानको बासस्थान

परिचय

पुतलीबजार नगरपालिका वडा नं ९ मा रहेको कोल्माकोट स्याङ्जा जिल्लाको एक धार्मिक गन्तब्य हो । परापूर्व कालमा कोल्माकोटमा रहेको कालीका मन्दिरमा त्यस वरपरका ७ सय घरधुरीका स्थानीय गएर पुजाआजा गर्ने भएकाले यस ठाउँलाई ७ सय कोल्मा भन्ने गरिएको किम्बदन्ती रहेको छ ।

बिशेषता

कोल्माकोट मन्दिर करिब २ सय बर्ष पुरानो मन्दिर रहेको विश्वास गरिन्छ । परापूर्व कालमा कालिमा भगवानको बासस्थान समेत यहि रहेको भनाई रहेको छ । कोल्मा आसपासका सबै जातजातीहरुले यस मन्दिरमा पुजाआजा गर्ने गरेका छन् । यहा डाडाँमा रहेको कोल्माकोट मन्दिरबाट स्याङजा, पोखरा, तनहुँ र गोरखा लगायतका जिल्लाहरूको अवलोकन समेत गर्न सकिन्छ । बिशेषगरी कोल्माकोट मन्दिरमा वडा दशैं, चैते दशैं लगायतका चाड पर्वमा मेला लाग्ने गर्दछ । यहाँ आउने भक्तजनहरुले आफ्ना नभएका कार्यहरु सफल हुन् भनेर भाकल गर्छन् र भाकल पुरा गर्नका लागि मन्दिरको दर्शन गर्ने गरेका छन् । कोल्माकोट मन्दिरबाट माछापुच्छ्रे, धौलागिरि लगायत आधा दर्जन हिमालहरूको दृश्यावलोकन गर्दै स्थानीयद्धारा सञ्चालित इको होमस्टेमा रमाउन सकिन्छ ।

कसरी पुग्ने ?  

स्याङ्जाको सदरमुकाम पुतलीबजार नगरपालिकाबाट करिब ९ किलोमिटरमा स्याङ्जा पुग्न सकिन्छ, भने तनहुँको दुलेगौडाबाट करिब २२ किलोमिटरमा पनि कोल्मा पुगिन्छ । कोल्मा पुग्नका लागि ग्राभेल गरिएको सडक गरिएको छ त्यहाँ पुग्नका लागि भाडाको जीपहरू प्रयोग गर्न सकिन्छ । आफ्नै सवारी साधनमा पुग्नका लागि पनि बाटो सहज छ

सम्पर्क

डिल कुमार भुजेल ९८५६०३७७३४