FAQs Complain Problems

समाचार

चण्डिकालिका इको - होमस्टे

ऐतिहासिक दरबार घुम्दै इको होमस्टेको मजा

परिचय

स्याङ्जाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय गन्तव्य सतौंमा पुग्ने पर्यटकहरुका लागि इको होमस्टेले आकर्षण सुविधा दिने गरेको छ । चस्याङ्जाको पुतलीवजार नगरपालिका १४ संतौमा चण्डीथान मन्दिर रहेको छ । यो ठाउँलाई बाइसेचौबीसे राज्य रहेका बेला पश्चिमका चौबीसे राज्यहरूमध्येकै सबैभन्दा शक्तिशाली राज्यका रूपमा समेत लिने गरिन्छ ।

बिशेषता

चण्डिकालिका इको होमस्टेमा सस्तो मूल्यमा स्थानीय रैथाने उत्पादनबाट पकाइएका खाद्यान्न परिकारहरूको स्वाद लिन चखाउछ । इको होमस्टेमा स्थानीय उत्पादन, तरकारी, जडीबुटीको प्रयोगलाई उच्च प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई कसरी भिन्न स्वाद र परिकार बनाएर कसरी सदुपयोग गर्ने भन्ने विषयमा समेत तालिम समेत सञ्चालन गर्ने गरेको छ । सतौं चण्डीको भाकल पूजा आराधना गर्नाले दुर्घटनाबाट जोगिने, सुख शान्ति र समृद्धि हुने विश्वासले पनि यहाँ पर्यटकको चाप वढ्ने गर्छ ।  

कसरी पुग्ने ?  

स्याङ्जाबाट बजारबाट करिब ११ कि.मी टाढा रहेको यस मन्दिरमा पुग्नका लागि पक्की बाटो रहेको छ । स्याङ्जाबाट करीब डेढ घण्टा पैदल हिंडेर वा २० मिनेटको सवारी साधनको यात्रापछि पुग्न सकिन्छ ।

प्याकेज

प्रतिव्यक्ति रू १ हजार २ सयमा खाना, खाजा र बासको व्यवस्था छ। साँस्कृतिक कार्यक्रमको समेत मजा लिन सकिने यस होमस्टेमा अधिकतम १५ जना सम्मलाई बसोबासको सुविधा दिन सक्ने क्षमता छ।

 

सम्पर्क

रोशनी शर्मा ९८६७६९६६७५