समाचार
गोरखा मनकामनाकी माइली देवी
परिचय
गण्डकी प्रदेशको सुन्दर जिल्लाको नामले पश्चिम जिल्ला स्याङ्जाको उत्तरपूर्वी भेगमा अवस्थित प्राकृतिक अनुपमको धनि ठाँउ पेल्काचौर कला, संस्कृति, धार्मिक र खेलकुदको प्रचुर संभावना वोकेको क्षेत्र हो । धार्मिक महत्व वोकेका प्रसिद्ध मनकामना मन्दिर, नकुचुमा अवस्थित श्री नकुचु पञ्चमुखी महादेव धाम, कालिका मन्दिर, सतौकोटे दरवार क्षेत्र, इनार, फाफरथुमका साथै वराहखोलामा अवस्थित भुतको गुफा यस क्षेत्रका धरोहर हुन ।
बिशेषताः
पेल्काचौर क्षेत्रको मुटु मानिने एवं मुख्य व्यापारिक केन्द्र मैदान वजार देखि उत्तरतर्फ घना जंगलले ढाकिएको डाँडाको चुचुरोमा अवस्थित यस मन्दिर समुन्द्र सतह देखि करिव १६६० मि.उचाईमा पर्दछ । प्राकृतिक अनुपमले भरिएको यस मन्दिर क्षेत्रबाट चारै तर्फका दृश्यहरु सहजै अवलोकन गर्न सकिन्छ । धार्मिक एवं ऐतिहासिक स्थलका रुपमा प्रसिद्ध मन्दिर शान्त एवं रमणीय वातावरण र चारै तर्फको दृष्य एवं हिमालय पर्वत श्रृङ्खलाको अवलोकन गर्न पाइनु यहाँका मुख्य बिशेषता हुन् ।
यस मन्दिरलाई गोरखा मनकामना देवीकी माईली बहिनीकी रुपमा लिइने गरिन्छ । किम्वदन्ती अनुसार विक्रम सम्वत १९०५ सालमा चँखे डाँडा वस्ने श्री खड्का वहादुर ठकुरी, अर्जुन पुलामी मगर लगायत अन्य साथीहरु डाँडाको तल जंगलमा भेडा, वाख्रा, गाई, गोठ चराउने गर्दथे । सोही क्रममा एक दिन ठकुरीको आङ माथी देवि चडेपछि उनी केहि शव्द निकाल्दै काप्दै दौडन थाले ।
त्यसपछि अर्जुन पनि उनै ठकुरीको पछि लागे । ति दुई जना घोर जंगल भएको लेक तिर चढ्न थाले । जहाँ त्यस समयमा वाघ, भालु साथै अनेक जनावारहरुको भयको कारण अरु साथीहरु गएनन् । ती दुई जना घोर जंगलमा मुस्किलले लेकको डाँडामा पुग्दा त्यहाँ चुत्रोको गाँज मूनि देविको एउटा शिला फेला पारेछन् र उनीहरुले प्रार्थना गर्न थालेछन् । ‘हे परमेश्वर तपाई को हुनुहुन्छ ?’
हामी केहि जान्दैनौ हाम्रो रक्षा गर्नुहोस् भनेपछि ठकुरी भावविभोर भई वोल्न थाले हे मनुष्य हो म गोरखा जिल्लाको मनकामना देवीको माइली वैनी हुँ । म भनेको मनकामना देवी हुँ । तिमीहरुको भलो गर्न आज तिमीलाई वोलाए । मलाई यो ठाउँ मन पर्यो । म यहाँ धेरै वर्ष देखि आएर वसेको हुँ । मैले कतिलाई सपनामा लक्षण पनि दिए तर कसैले वास्तै गरेन । अव देखि म सधै यसै ठाउँमा वस्ने छु भनेपछि मन्दिर स्थापना गरि देवीले भने कै तिथिमा विधि अनुसार पुजा गर्न थालिएको बताइन्छ ।
कसरी पुग्ने ?
पोखरा देखि करिव ३५ कि.मि. दक्षिणमा अवस्थित स्याङ्जा जिल्लाको मुटु मानिने रमणिय स्याङ्जा वजार हुदै सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको जाडखोला सडक खण्डबाट उत्तर तर्फ करिव ५ कि.मि.को पक्की मोटरवाटोको यात्रा पछि यस क्षेत्रमा पुग्न सकिन्छ ।
सम्पर्क
दुत प्रसाद गुरुङ ९८१६१७१९९७
राजेन्द्रराज शर्मा ९८४१०२५३५६