पुतलीबजार नगरपालिकाको आधिकारिक वेबसाइटमा तपाईलाई स्वागत छ।

पुतलीबजार नगरपालिकाको संक्षिप्त परिचय

पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो | २०५३ सालमा, साविकका  स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा  गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो | नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम  राज्यको पुन संरचनमा यस  पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ्(१-३ र ९) र पेल्काचौर (१,२,४-८) गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ |

भौगोलिक अवस्थिति : पुर्व : कास्की जिल्ल्ला र तनहुँ जिल्ला                        
                                पश्चिम : आँधीखोला गाउँपालिका, अर्जुन चौपारी गाउँपालिका र भिरकोट नगरपालिका
                                उत्तर : कास्की जिल्ला र फेदीखोला गाउँपालिका       
                                दक्षिण : विरुवा गाउँपालिका र भिरकोट नगरपालिका
जनसंख्या                 : नयाँ संरचना अनुसार पुतली|बजार नगरपालिकामा ४४८७६ जनाको
                                  बसोबास रहेको छ | (२०६८को जनगणना अनुसार)
क्षेत्रफल                    : नयाँ संरचना अनुसार पुतलीबजार नगरपालिकाको कुल क्क्षेत्रफल
                                  १४६.२१ वर्ग मिटर रहेको छ