FAQs Complain Problems

स्वास्थ्य कार्यक्रमहरुमा स्याङ्गजा जिल्लामा उत्कृष्ट कार्य सम्पादन गर्ने पुतलीबजार नगरपालिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा मिति २०७८/११/२६ र २७ गते संचालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक योजना तयारी गोष्ठी गण्डकी प्रदेश अन्तर्गतका ८५ वटा स्थानीय तहका स्वास्थ्य प्रमुखहरुको उपस्थितीमा सम्पन्न भएको छ । उक्त कार्यक्रम संघीय स्वास्थ्य मन्त्रालयका विभागीय प्रमुखहरु सहित गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गरुङ्ग ज्यु को विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा आ व २०७७/७८ का स्वास्थ्य कार्यक्रमहरुमा उत्कृष्ट कार्य सम्पादन गर्ने १० वटा स्थानीय तह मध्य पुतलीबजार नगरपालिका स्याङ्गजा जिल्लामा प्रथम र गण्डकी प्रदेशका ८५ वटा पालिकाहरुमा आठौँ स्थानमा पर्न सफल भई पुरस्कृत भएको छ ।