FAQs Complain Problems

आ व २०७८/७९ को दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्बन्धी सुचना ।

पुतलीबजार नगरपालिकाको आयोजना र रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनको व्यवस्थापन र सहजीकरणमा पुतलीबजार नगरपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम यही २०७८ चैत्र ३० गते बुधबार, विहान ११:०० बजेदेखि पुतलीबजार नगरपालिकाको सभाहलमा हुने भएको हुँदा नगरस्तरीय राजनीतिक दल, संघ, संस्था, टोल विकास संस्था, नगरबासी एंव सरोकारवालाकाहरुलाई विभिन्न माध्यमबाट निमन्त्रणा भइरहँदा कारणबस प्राप्त नभएको भए यसैलाई समेत आधारमानी उपस्थितीका लागि हार्दिक अनुरोध गर्दछौं । हाम्रो पुतलीबजार कस्तो भइरहेको छ ? कस्तो बनाउँन चाहन्छौं ? आफ्नो अमूल्य सुझाव, जिज्ञासा एंव विचार स्वयं उपस्थित भई व्यक्त गरिदिनुहुन अनुरोध छ ।

पुनश्चः नगरपालिकासँग सम्बन्धित कुनै पनि जिज्ञासा, सुझाव वा धारणा छन् भने कृपया प्रत्यक्ष रुपमा ०६३–४२००७९, ९८५६०५१७९७ मा आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ ।