FAQs Complain Problems

पुतलीबजार नगरपालिका स्तरीय वक्तृत्वकला पर्तियोगिता सम्पन्न

मिति २०७५/०९/२० गते पुतलीबजार नगरपालिकाको आयोजनामा ” शैक्षिक गुणस्तर अभिवृद्धिमा शिक्षकको भूमिका" विषयक पुतलीबजार नगरपालिका अन्तर्गत मा. वि स्तरीय वक्तृत्वकला प्रतियोगिताका  सम्पन्न भएको थियो   । विद्यार्थीहरुको चौतर्फी विकासमा टेवा पुराउने उद्देश्य  बोकेको उक्त प्रतियोगिता भव्य कार्यक्रमका विच सम्पन्न भएको छ । प्रतियोगिता काजिमान हरिटिका विध्यालय  व्यवस्थापन समितिको अधक्ष्य महेन्द्रमान व्यथितको अधक्ष्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा  प्रमुख अतिथी पुतलीबजार नगर प्रमुख सिमा कुमारी क्षेत्री ज्यु, विशिष्ट अतिथी पुतलीबजार शिक्षा शाखा उप सचीव वावुराम सापकोटा, वडा नं ३ वडा अध्यक्ष अमृत कुमार श्रेष्ठ , स्रोत व्यक्ति ऋषिराम शर्मा, वलराम दोराङ्गा, कपिल मणि रेग्मी, प्र.अ. ओम प्रकाश शर्मा, स्याङ्जा चेम्बर अफ कमर्शको वरिष्ठ उपाध्यक्ष श्री गुरुङको उपस्थिति रहयो । कार्यक्रम संचालन भने शिक्षा शाखा अधिकृत निलकण्ठ ढकाल ज्यु ले गर्नुभएको थियो । पुतलीबजार नगरपालिका अन्तरगत १६ वटा विधालयको सहभागीता रहेको वक्तृत्वकला पतियोगितामा प्रथम स्थान  हिमाल मा. वि. टक्सार कि क्षात्रा पुजा सुवेदी, दितृया स्थान शितला मा. वि. कि क्षात्रा  निशा कार्की, तृतीय स्थान काजिमान हरिटिका मा. वि. कि क्षात्रा  सुरक्षा के.सि. र सान्त्वना  पुरस्कार सरस्वती मा. वि. का क्षात्र सुमन रामदाम ले हासिल गर्न सफल भएका थिया ।

Display In slider: 
1