FAQs Complain Problems

योजना संग सगै युवा हरुलाई तालिम

विकास योजना संगै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेर पुतलीबजार नगरपालिकाले नगरपालिका अन्तर्गत को नगर गौरव को योजना जाडखोला पेल्काचौर ग्रामिण सडकको स्तारोंनातिको काम उपभोक्ता समिति मार्फत स्थानीय युवा हरुलाई रोजगार संग सगै  सिप बिकास तालिम दिदै सम्पन्न गर्ने भएको छ । सोहि कार्यक्रम अन्तर्गत मिति २०७५ /१० /१९ गते  नगर प्रमुख सिमा कुमारी क्षेत्रि ज्यु को अध्यक्षता तथा प्रमुख जिल्ला अधिकृत कोश हरि निरौला ज्यु को आतिथ्यमा जिल्ला समन्वय समितिको हलमा पुतलीबजार नगरपालिकाले सडक निर्माण सम्बन्धि स्थानीय युवा हरुलाई सिप बिकास सम्बन्धि तालिमको उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उद्घाटन कार्यक्रममा , तालिम को सैदान्तिक पक्षहरु सम्बन्धि जानकारी नगरपालिकाका इन्जिनियर निरज सापकोटाले दिनु भएको थियो भने , उक्त कार्यक्रम संचालन को जिम्मा नगरपालिकाकै इन्जिनियर सन्तोष थापाले लिनुभएको थियो ।

Display In slider: 
1
Published Date: 
२०७५/१०/२०