FAQs Complain Problems

चौथो नगर सभा सम्पन्न

पुतलीबजार नगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ | नगर प्रमुख सिमा कुमारी क्षेत्रिको अध्यक्षतामा भएको सभाले नगर शिक्षा ऐन , सहकारी ऐन संशोधनका साथै आर्थिक वर्ष २०७५/७६ को संशोधित बजेट पास गरेको छ | उक्त सभामा नगर प्रमुख सिमा कुमारी क्षेत्रिले  पौष मसान्त सम्मको नीति तथा कार्यक्रमको समिक्षा , उप प्रमुख महेश पुरीले संशोधित बजेट , विद्यायन  समिति संयोजक ख्याम नारायण अधिकारी बाट ऐन संशोधन र लेखा समिति संयोजक रवी विक्रम केसीले लेखा प्रतिवेदन पेश गर्नुभएको थियो |  सभामा पेस भएका विषयवस्तु माथि सभाका सदस्य विष्णु कुमार श्रेष्ठ , कुलानन्द लम्साल , सुरज कुमार अधिकारि , मनोज पौडेल र ईम बहादुर सेनले आ आफ्नो सवालहरु राख्नु भएको थियो | नगर प्रमुख , उप प्रमुख आर्थिक विकास समिति संयोजक , विद्यायन समिति संयोजक तथा प्रमुख प्रशासकीय अधिकृतले उठेका सवालहरुको जवाफ दिनुभएको थियो साथै उक्त सभाले आर्थिक वर्ष २०७४/७५ मा उत्कृष्ट काम गर्ने १४ ओटा उपभोक्ता समितिलाइ प्रशंसा पत्र प्रदान गरेको थियो |

Display In slider: 
1