FAQs Complain Problems

पुतलीबजार नगरपालिकाको भौगोलिक बनावट अनुसार आवासीय भवनको नमुना नक्शा बनाउन खुल्ला रुपमा दरभाउ पत्र आह्वान सम्बन्धी १५ दिने सुचना |

 

पुतलीबजार नगरपालिकाको भौगोलिक बनावट अनुसार आवासीय भवनको नमुना नक्शा बनाउन खुल्ला रुपमा दरभाउ पत्र आह्वान सम्बन्धी १५ दिने सुचना |

           

मिति २०७४/०६/२९ गतेबाट लागु भएको स्थानीय सरकार संचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को दफा २७ को (६) मा नगरपालिकाले आफ्नो सबै क्षेत्र वा कुनै क्षेत्र तोकी त्यस्तो क्षेत्रमा बन्ने भवनहरुको लागी जग्गा तथा भवनको प्रकृति, आकार प्रकार र क्षेत्रफ़लको आधारमा समान ढाँचाको नमुना नक्सा तयार गर्न र सेवाग्रहिका लागी निशुल्क उपलब्ध गराउन सकिने कानुनी व्यवस्था छ | यसै को आधारमा यस पुतलीबजार नगरपालिका को भुवनोट (Geographical Structure, जग्गा / घडेरीको आकार प्रकार, क्षेत्रफल) को आधारमा बजार क्षेत्र तथा गाउँ क्षेत्रमा भवन निर्माण आचार संहिता र सडकको मापदण्डको पूर्ण पालना गरी बन्न सक्ने सम्भाव्य नक्साका नमुना २५ देखि ३० वटा सम्म आवश्यक परेको छ | जग्गाको प्लट अनुसारका यस्ता नमुना नक्सा के कति दर रेटमा बनाएर नगरपालिकालाई उपलब्ध गराउन  सकिन्छ ? वा साथै कुनै व्यक्ति / संस्था बाट यस नगरपालिकाको सडक मापदण्ड तथा भवन निर्माणको आचार संहिता पालना गरी सौजन्य स्वरूप नमुना नक्सा दिन इच्छुक भएमा सो समेत स्वीकार्य हुने व्यहोरा समेत अनुरोध छ | नगरपालिकाले नमुना नक्सा आफ्नो सम्पतिको रुपमा लिएर इच्छा राख्ने सेवाग्राहीलाई निशुल्क उपलब्ध गराउने छ | नक्सा उपलब्ध गराउने संस्था/व्यक्तिले बौद्धिक सम्पती भन्न पाइने छैन | अर्को तर्फ कुनै नागरिकले ठुलो खर्च गरेर विज्ञबाट नक्सा बनाइ आफ्नो घर बनाउन यो प्राबधानले  बाधा पुर्याउने छैन | पुतलीबजार नगरपालिकाका लागी २५-३० प्रकारका नमुना नक्सा आवश्यक रहेको हुँदा, नमुना नक्साका लागी यो दररेट खुला रुपमा आह्वान गरिन्छ | दरभाउको साथमा जनशक्तिको क्षमता, कर चुक्ता प्रमाणपत्र र कतिमा काम गर्न सक्नु हुन्छ? सो समेत खुलाई पेश गर्नु हुन यसै सूचना मार्फत अनुरोध छ |

...............................

प्रमुख प्रशासकीय अधिकृत