FAQs Complain Problems

च्याउ खेति विषयक नगर स्तरीय अगुवा कृषक तालिम सम्पन्न

च्याउ खेति तालिम

पुतलिबजार नगरपालिका, कृषि विकास शाखाको आयोजनामा यही मंसिर ९ र १० गते कृषि ज्ञान केन्द्र स्याङजामा २ दिने च्याउ खेति विषयक नगर स्तरिय अगुवा कृषक तालिम सम्पन्न भएको छ । तालिममा पुतलिबजार नगरपालिकाका १४ वटै वडाबाट ३० जना कृषकहरुको सहभागिता थियो ।उक्त तालिमको उद्घाटन मंसिर ९ गते पुतलिबजार नगरपालिकाका उप प्रमुख श्री महेश पुरीले गर्नु भएको थियो भने समापन पुतलिबजार नगरपालिकाका  प्रमुख श्री सिमा कुमारी क्षेत्रीले गर्नु भएको थियो । तालिममा प्रशिक्षकहरु खेमनारायण चापागाई, ईश्वरी प्रसाद ढकाल, ज्ञान केन्द्रका  प्रमुख श्री लोकेन्द्र बोहोरा द्वारा कन्य च्याउ र सिताके च्याउ वारे सैद्धान्तिक र व्यवहारिक तालिम दिनु भएको थियो । तालिमको उद्घाटनको क्रममा नगर उपप्रमुख महेश पुरीले तालिमको सफलताको कामना गर्दै तालिममा सिकेका ज्ञानहरु व्यवहारमा उतारेर व्यवसायी एवं स्वरोजगारी बनेर नगरवासि कृषकहरुको आर्थिक स्थिति मजबुत बनेमा मात्र नगर तथा देशको उन्नति हुने विचार व्यक्त गर्नु भएको थियो । त्यसै गरि समापनको अवसरमा नगर प्रमुखले व्यवसायीक रुपमा च्याउ उत्पादन गरि नगरपालिका भित्रका उपभोक्ताहरुको माग पुरा गर्नुको साथै वाहिर निर्यात गर्ने गरि व्यवसायीक च्याउ खेतिमा लाग्नु पर्ने र सो कार्यमा नगरपालिकाले गर्नुपर्ने सहयोगमा कमी नहुने विचार व्यक्त गर्दै सवभन्दा उत्कृष्ट व्यवसायी च्याउ कृषकलाई नगरपालिकाले पुरस्कृत गर्ने विचार व्यक्त गर्नुभएको थियो । उद्घाटन तथा समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर मल्लले तालिममा सिकेका ज्ञान व्यवहारमा उतारि सफल व्यवसायी बन्न कृषकहरुलाई उत्प्रेरित गर्नु भएको थियो । कार्यक्रमको संचालन कृषि विज्ञ श्री खेमनारायण चापागाईले गर्नुभएको थियो ।

Display In slider: 
1