FAQs Complain Problems

मानवीय सहायताका लागी खुल्ला स्थान पहिचान सम्बन्धि प्रतिवेदन हस्तान्तरण कार्यक्रम

आज मिति २०७४/११/१६ गतेको दिन पुतलीबजार नगरपालिकाको सभा हलमा अन्तर्राष्ट्रिय आप्रवास सङ्गठनले (International organization for Migration, IOM) ‘ मनविय सहायताका लागि खुल्ला स्थान पहिचान सम्बन्धी प्रतिवेदन हस्तान्तरण ’ कार्यक्रमको आयोजना गर्यो | आदरणीय मेयर श्री सीमा क्षत्री ज्यूको अध्यक्षतामा समपन्न उक्त कार्यक्रममा रेड क्रस ,प्रहरी प्रशासन , नेपाल आर्मी , जिल्ला समन्वय समिति ,उध्योग वाणिज्य संघका प्रतिनिधि तथा पुतलीबजार अन्तर्गतका १४ ओटा वडाका वडा अध्यक्ष ज्यूहरुको उपस्तिथी रह्यो | प्राकृतिक प्रकोप, अझ विशेष गरेर भूकम्प गएको खण्डमा खुल्ला क्षेत्रको आवस्यकता पर्दछ | तसर्थ देश भरि नै खुल्ला क्षेत्रहरुको पहिचान गर्नुका साथै  खुल्ला क्षेत्रको संरक्षणमा जोड दिनु आजको कार्यक्रमको प्रमुख उदेस्य रहेको थियो |

पुतलीबजार नगरपालिका अन्तर्गतको जनघनत्व बढी रहेको क्षेत्र पुतली बजारमा अन्तरास्ट्रिय आप्रवास सङ्गठनका दक्ष टोलिबाट गरिएको सर्वेक्षणमा १८ वटा खुल्ला क्षेत्र रहेको र उक्त १८ क्षेत्र मध्य ६ वटा क्षेत्र प्राकृतिक प्रकोपको बेला उपयोगी हुने कुरा वहाहरुले स्पष्ट गराउनुभयो | अन्तमा IOMका टोलिबाट गरिएको सर्वेक्षणको hard copy तथा soft copy आदरणीय मेयर सिमा छेत्री ज्युलाई हस्तान्तरण गरियो | कार्यक्रम को अध्यक्ष श्री सिमा छेत्री ज्युले , उपस्थित सम्पूर्णलाइ आआफ्नो कार्यव्यस्तता बावजुत उपस्थित हुनुभएकोमा धन्यवाद ज्ञापन गर्नु भयो | साथै आफ्नो अमुल्य समय र सिप खर्चेर, सर्वेक्षण गरि हस्तान्तरण गर्ने IOMका दक्ष टोलिलाइ विशेष आभार व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भयो |

पुतलीबजार अन्तर्गतको  पुतली बजार क्षेत्र भित्र पर्ने पहिचानमा आएका ६ क्षेत्रहरु :

१.सिटि हल

२.माले बगर र विस्णु पधेरा बस पार्क

३.त्रिभुवन आदर्स उ.मा.वि.

४.मातृभूमि खेल मैदान, मातृभूमि उ.मा.वि.

५.कृषि सामाग्री संस्थान

६.गणेस्वर स्वस्थ चौकी

Display In slider: 
1