FAQs Complain Problems

शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम ।

" सकरात्मक सोचका साथ  रचनात्मक काम गरौ , जति सकिन्छ त्यति गरौ , केहि न केहि गरौ " भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै हिजो मिति २०७५/०८/१८ गते पुतलीबजार नगरपालिका , शिक्षा , युवा , तथा खेलकुद शाखा स्याङ्गजाको आयोजनामा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अधक्ष्यहरु संग शैक्षिक गुणस्तर सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काजिमान हरिटिका मा. वि को हलमा सम्पन्न कार्यक्रममा ४५ वुदे प्रतिवद्दता पत्र वाचन गर्दै नगर प्रमुख सिमा क्षेत्रि ज्युले शिक्षा क्षेत्रमा नगरपालिकाको विशेष ध्यानाकर्षण भएको बताउनु भयो । साथै विपन्न भएकै कारण पढ्न लेख्न निकै कठिन परिस्थिति भोग्नु परेको काजिमान हरिटका मा वि मा अध्यनरत भाइ शुवास वि,क लाइ सोहि कार्यक्रममा नगर प्रमुख सिमा क्षेत्रि ज्युबाट लुगा, जुत्ता , लगायत शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

Display In slider: 
1