FAQs Complain Problems

घर हरुमा सुन्तला रङ्ग प्रयोग गर्ने सम्वन्धि पुतलीबजार नगरपालिकाको विशेष अनुरोध

यस पुतलीबजार नगरपालिकालाइ सुन्तलाको सहरको रुपमा देश तथा विदेशमा समेत परिचित गराउने उद्देस्यले नगरपालिकाले सुन्तला नर्सरी स्थापना‚ सुन्तला विरुवा वितरण‚ बजारीकरण‚ सुन्तला रङ्ग प्रयोग लगायतका नीति तथा कार्यक्रम तय गरिसकेको जानकारी गराउदछौ । साथै नगरपालिका भित्रका सम्पुर्ण घरहरुका वाहिरी भागमा सुन्तला रङ्ग प्रयोग गर्ने र यसरी सुन्तला रङ्ग प्रयोग गर्ने घर धनीहरुलाइ रङ्ग खरीद गरेको भ्याट विलको आधारमा नगरपालिकाले केही मात्रामा अनुदान समेत उपलव्ध गराउने व्यवस्था भएकोले सम्पुर्ण नगरवासीहरुलाइ आ आफ्नो घरमा रङ्ग लगाउदा घरको बाहिरी भागमा सुन्तला रङ्ग प्रयोग गरी विल सहित नगरपालिकामा सम्पर्क राख्ननुहुन र नगरपालिकालाइ सुन्तलाको सहरको रुपमा चिनाउन सहयोग गरिदिनुहुन विशेष अनुरोध गर्दछौ ।

कागजात डाउनलोड: